स्वदेशी लघुवित्तले धितोपत्र बोर्डबाट पायो १०० प्रतिशत हकप्रद निष्काशन अनुमति

जागरण न्युज

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले नेपाल धितोपत्र बोर्डबाट १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको छ । बोर्डले संस्थालाई ११ करोड ५० लाख रुपैयाँको हकप्रद निष्काशन गर्ने अनुमति प्रदान गरेको हो ।
हकप्रद निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइसी एशिया क्यापिटल रहेको छ ।
वित्तीय संस्थाको हालको चुक्ता पूँजी ११ करोड ५० लाख रुपैयाँ रहेको छ, हकप्रद पछि चुक्ता पूँजी २३ करोड रुपैयाँ पुग्नेछ ।
संस्थाले २०७३ साल चैत्रमा तीन करोड रुपैयाँको प्राथमिक शेयर निष्कशन गरेको थियो । प्राथमिक शेयर निष्काशनसँगै संस्थाको चुक्ता पूँजी १० करोड रुपैयाँ पुगेको थियो । आइपिओपछि आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर दिएर कम्पनीले चुक्ता पूँजी ११ करोड ५० लाख रुपैयाँ पुर्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्