लाइफ इन्स्योरेन्स कर्पोरेशनको ३६ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव
जागरण न्युज
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले आर्थिक बर्ष २०७३/७४ को नाफाबाट ३६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले १.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चूक्ता पूँजीको ३६ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ १.८९ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ ।
हाल कम्पनीको एक अर्ब ३३ करोड ४६ लाख रुपैयाँ चुक्ता पूँजी छ । बोनसपछि कम्पनीको पूँजी एक अर्ब ८१ करोड ५१ लाख पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्