समता माइक्रोफाइनान्सको ५० प्रतिशत हकप्रद भर्न अब ५ दिन मात्र बाँकी
जागरण न्युज
काठमाडौं । समता माइक्रोफाइनान्स वित्तीय संस्थाको ५० प्रतिशत हकप्रद सेयर भर्न अब ५ दिन मात्र बाँकीे छ । वित्तीय संस्थाकोे हकप्रद साउन २९ गते कार्यालय समयसम्म मात्र खुला रहनेछ । माइक्रोफाइनान्सले गत असार २७ गतेदेखि २ः१ अनुपातमा १ लाख ८९ हजार ६०० कित्ता सेयर बिक्री खुला गरेको हो । हकप्रदमा असार ११ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन ।
आवेदन बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालयहरु लालदरबार काठमाडौं, लगनखेल ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट दिन सकिनेछ । त्यस्तै वित्तीय संस्थाको जीतपुर सिमरा लगायत शाखा तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न मिल्नेछ ।
हाल वित्तीय संस्थाको चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ छ । हकप्रदपछि चुक्ता पुँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्