सिटिजन्स बैंकको एफपीओ शुक्रबार बिहान ९ बजे बाँडफाँट हुँदै
जागरण न्युज
काठमाडौं । सिटिजन्स बैंकको एफपीओ शुक्रबार (साउन २५ गते) बिहान ९ बजे बाँडफाँट ग्लोबल आइएमई क्यापिटलको कार्यालय जमल काठमाडौंमा हुने भएको छ । सिटिजन्स बैंकको एफपीओमा १३.५२ गुणा बढी आवेदन परेको छ ।
गोलाप्रथाबाट ४६ हजार ३८२.६ जनाले १० कित्ताका दरले मात्र सेयर हात पार्ने भएका छन् । ६४ हजार ७१० जना आवेदक मध्ये १८ हजार ३२७ जनाको हात भने खाली हुनेछ । कुल ६२ लाख ६८ हजार ६४० कित्ता सेयरका लागि आवेदन परेको थियो ।
बैंकले साउन १५ गतेदेखि १८ गतेसम्म ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ बिक्री खुला गरेको थियो । बैंकले रु. १०० अंकित मूल्यमा १०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०० रुपैयाँका दरले एफपीओ बिक्री खुला गरेको थियोे ।
एफपीओ बिक्रीपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ७ करोड ९६ लाख १९ हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्