सबै पक्षको विश्वास र भरोसा सामानुपातिक उम्मेदवार सिंखडामाथि

रञ्जित धमला,काठमाडौं । नवराज सिंखडा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश नं. ३ का समानुपातिक उमेद्वार हुन् । उनले विगत ४२ वर्षदेखि नेपालको राजनीतिक यात्राका साथ जनताको हरेक दुःख सुखमा सहकार्य गर्दै आएका छन् । उनी काठमाडौं, कागेश्वरी मनोहरा, डाँछीका स्थायी बासिन्दा हुन । उनले पञ्चायतीकालदेखि नै राजनीतिक यात्राको सुरुवात गरेका हुन् । उनी वि.सं २०३२ सालमा डाँछी गाऊँ पञ्चायतको वडा नं. ६ को सदस्य भए । उम्मेदवार सिंखडा वि.सं. २०४० मा कान्ति भैरब मा.वि.को संचालक समिति सदस्य भई त्यस विद्यालयको भवन निर्माण समितिको अध्यक्ष तथा संचालक समितिका अध्यक्ष समेत भए । विद्यालयको स्तरउन्नतीे लागि महत्वपूर्ण भूमिका निर्वाह गरे। यसरी समाजसेवाका साथै राजनीतिकमा सर्मपित सिंखडाले एक सच्चा र ईमान्दार समाजसेवीको पहिचान बनाएका छन ।

उनले विभिन्न वर्गीय संगठन मार्फत पनि जनताको हक हितका लागि संघर्ष गरीरहेका छन् । यसै क्रममा २०४४ सालमा नेपाल मजदुर संगठनको जिल्ला सभापति पनि भएका थिए भने जिल्ला पञ्चायतको पदेन सदस्य समेत भए ।
यसै गरी वि.सं. २०५४ मा उनी आफ्नो वडाको अध्यक्ष भए । त्यस्तै संखडा वि.सं. २०४० सालमा चौलनारायण प्रा.विको संस्थापक अध्यक्ष समेत भए । वि.सं. २०६० मा गुठी संस्थानका अध्यक्ष समेत भए भई भूमि सम्बन्धि जनहितका लागि धेरै निर्णयहरु समेत गरे ।
उनी वि.सं. २०५१ को मध्याबधी निर्वाचनमा क्षेत्र नं. १ को प्रत्यासी उम्मेदवार पनि हुन । वि.सं. २०७० को संविधानसभाको निर्वाचनमा आफूले हारेता पनि राप्रपालाई समानुपातिक तर्फ जिताउनु सफल भए । काठमाण्डौं जिल्लामा राप्रपा समानुपातिक तर्फ प्रथम हुनुमा उनको महत्वपूर्ण योगदान रहेको पाईन्छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सिंखडा राप्रपाका प्रदेशसभा ३ का समानुपातिक सदस्यका उम्मेदवार हुन् । हाल राप्रपा काठमाण्डौं जिल्ला अध्यक्ष समेत रहेका नवराज सिंखडा लोकतान्त्रिक गठबन्धनलाई जिताउन सक्रिय छन् ।
उनी नेपालको लोकतान्त्रिक पक्षघरका दरिलो खम्बा हुन । उनले हिन्दु राष्ट्र सहित राजसंस्थाको पनि आवश्यकता रहको कुरा औल्याउँदै आएका छन् । यस निर्वाचनमा लोकतान्त्रिक पक्षको बहुमत आउनेमा उनी विशवस्त छन् ।
राष्ट्रिय तथा स्थानीय स्थतरमा आफ्नो छ्टै राजनीतिक पहिचन बनाउन सफल भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश नं. ३ का समानुपातिक उमेदवार रहेका सिंमखडा यति खेर जनताको घरदैलोमा मत माग्न व्यस्त रहेका छन् । स्थानीय जनताका विस्वाशिलो र कर्मनिष्ठ व्यक्तित्व नेता सिंमखडालाई पार्टी भन्दा पनि जनताप्रतिको लगानी र संर्घषको दृष्टिकोणले उनलाई मतदान गर्नु पर्ने स्थानीयहरु बताउछन । उनी स्थानीयस्तरका प्रत्यक व्यक्ति तथा समाजसंग दुःख पीडा र संघर्षमा एकैसाथ रहदै आएकाले सबै पक्षको मत उनमा जाने अन्य दल तथा कार्यकर्ताहरु बताउछन् । उनी यसरी सबै पक्षको विश्वास जित्न सफल भएकाले ३ नं प्रदेशको सदस्य हुने निश्चित प्रायःछ ।

 

 

प्रतिक्रिया दिनुहोस्