पोखरा लेखनाथ महानगरपालिकाको नाम परिर्वतन गर्ने निर्णय

काठमाडौं। सरकारले सरकारले पोखरा लेखनाथ महानगरपालिकाको नाम परिर्वतन गरेर पोखरा महानगरपालिका कायम गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले  पोखरा लेखनाथ महानगरपालिकाको नाम परिवर्तन गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ लाई संसोधन गर्न बनेको विधेयक, आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सामाजिक सुरक्षा सम्बन्धी विधेयक र अपराधबाट पीडीतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई संघीय संसदमा पेश गर्ने निर्णय पनि  गरेको छ ।

बैठकले प्रदेश नम्बर ५ का कामयुकायम प्रमुख सचिव तीर्थराज ढकाल र  प्रधानमन्त्री कार्यालयका सह सचिव आनन्दराज ढकाललाई विशिष्ट श्रेणीमा बढुवा गर्दै तीर्थराज ढकाललाई ५ नम्बर र आनन्दराज ढकाललाई प्रदेश नम्बर ३ को प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

यस्तै गृहमन्त्रालयका सहसचिव केदार न्यौपानेलाई विशिष्ट श्रेष्ठीमा कायमुकायम  तोक्दै प्रदेश नम्बर १ को प्रमुख सचिवमा पदस्थापन गरिएको छ । त्यसैगरी प्रदेश नम्बर ३ का  प्रमुख सचिव रश्मीराज पाण्डेलाई प्रधानमन्त्री कार्यालयमा पदस्थापन गरिएको छ । नेपाल लेखा परीक्षण सेवाको विशिष्ठ श्रेष्ठीमा राम माया कुवँरलाई बढुवा गर्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्