दिनप्रतिदिन सम्बन्ध बिच्छेदका घटना बढ्दै,यस्ता छन् कारणहरु
काठमाडौं । रुपन्देहीमा सम्बन्ध बिच्छेदका घटना बढ्दै गएका छन् । रुपन्देही जिल्ला अदालतमा दैनिक जसो सम्बन्ध बिच्छेदका मुद्धा दर्ता हुने गरेका छन् ।
तीन वर्षको तथ्यांक हेर्दा रुपन्देहीमा प्रत्येक बर्ष झण्डै सयको हाराहारीमा सम्बन्ध बिच्छेदका घटना बढ्दै गएको देखिन्छ ।
आर्थिक बर्ष २०७२र७३ मा ३ सय ५८ मुद्दा दर्ता भएकामा २०७३र७४ मा ४ सय १२ वटा र २०७४र७५ मा ५ सय १४ वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएको रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार संजिव पोख्रेलले जानकारी दिए ।
दर्ता भएका मुद्दा मध्ये आव २०७२र७३ मा ३ सय २५ वटा, २०७३र७४ मा ४ सय ६ वटा र ०७४र०७५ मा ४ सय ६८ वटा मुद्दा फछ्र्यौट भएका छन् ।
सम्बन्ध बिच्छेद गर्नेमा सबैभन्दा बढी २० देखि ३५ बर्ष उमेर समूहका रहेका छन् ।
किशोरावस्थामा लहलहैमा विवाह गर्ने र पछि बुझ्दै जादाँ पछुताउने प्रवृतिका कारण विवाहको केही वर्षमै युवा युवतीले सम्बन्ध बिच्छेदको बाटो रोज्ने गरेका हुन् ।
सम्बन्ध बिच्छेद गर्न आउने मध्ये ७० प्रतिशत पहाडी मूलका छन् ।
सम्बन्ध बिच्छेदका लागि महिलाले दायर गराउने मुद्दामा श्रीमानले खान लगाउन नदिएको, हेरचाह नगरेको, झैझगडा गर्ने लगायतका विषयमा उल्लेख रहे पनि आन्तरीक कारण भने फरक हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्