नेपाल बैंकले ब्याजदर घटायो

काठमाडौं । नेपाल बैंक लिमिटेडले निक्षेप तथा कर्जाको ब्याजदर घटाएको छ । बैंकले मंगलबारदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले सामान्य बचतमा दुई प्रतिशतदेखि अधिकतम चार प्रतिशत तथा मुद्धती निक्षेपमा ५ प्रतिशत देखि अधिकतम १०.५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । त्यस्तै, बैंकले अधिकतम १३ दशमलव ३७ प्रतिशतसम्म ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ ।

बैंकले आधार दरमा २.०७ प्रतिशतदेखि ६।०७ प्रतिशतसम्म थपेर कर्जा उपलब्ध गराउने जनाएको छ । जोखिम बापतको थप दुई प्रतिशत प्रिमयम लिन सक्ने पनि बैंकले जनाएको छ ।

बैंकको आधार ब्याजदर केही घटेपछि बैंकले कर्जाको ब्याज घटाएको हो

प्रतिक्रिया दिनुहोस्