नेपाल–बंगलादेश ऊर्जा सम्झौता हुँदै, नेपालसँग बंगलादेशले विद्युत खरिद गर्ने
काठमाडौं । नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।
समझदारीपत्रमा हस्ताक्षरका लागि बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिद बिहीबार नेपाल आउँदै छन् । शुक्रबार समझदारीपत्रमा हस्ताक्षर हुने ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए ।
समझदारीमा नेपालबाट बंगलादेशले विद्युत खरिद गर्ने, नेपाली जलविद्युत क्षेत्रमा बंगलादेशको लगानी सहजीकरण गर्ने, नेपाल–बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि सचिव र सहसचिवस्तरीय संयन्त्र बनाउने जस्तो विषय समावेश हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्