प्रहरी इन्काउन्टर प्रकरण : गैरन्यायिक काम गरेको दाबी,आयोगमा उजुरी दर्ता

काठमाडौ‌ं । प्रहरी इन्काउन्टरमा मारिएका नुवाकोटका गोपाल तामाङ र अजय तामाङको प्रहरीले गैरन्यायिक काम गरेको दाबीसहित राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ ।

अजयका बुबा निमा तामाङ, मामा नुवाकोटको मेघाङ गाउँपालिकाका अध्यक्ष आशबहादुर तामाङ लगायतले बुधबार आयोगमा पुगेर प्रहरी ‘इन्काउन्टर’ माथि छानबिन गर्न मागसहित उजुरी दर्ता गरेका हुन् ।

यसअघि आइतबार साँझ काँडाघारीबाट ११ वर्षीय बालक निशान खड्का अपहरित भएका थिए । र, प्रहरीले अनुसन्धानका क्रममा भक्तपुरमा ठिमी नगरपालिकास्थित एक घरमा बालकको शव गाडिएको अवस्थामा फेला पारेको थियो ।

लगत्तै, सोमबार दिउँसो भक्तपुरको डोलेश्वरस्थित जंगलमा प्रहरी मुठभेडमा दुई जना मारिएका थिए ।

अजयका बुबा निमाद्वारा दिइएको उजुरीमा घटनाको निष्पक्ष छानबिन गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्