अख्तियारद्वारा दुई कर्मचारी घुससहित पक्राउ

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ। नापी कार्यालय कलंकीका नापी सर्वेक्षक हरिबहादुर ओली र कार्यालय सहयोगी अमरलाल श्रेष्ठलाई अख्तियार टोलीले कार्यालयमै पक्राउ गरेको हो।

बुधबार उनीहरुलाई १५ हजार घुससहित पक्राउ गरिएको हो।

नागार्जुन नगरपालिकाको विवाद मिलाइदिने भन्दै उनीहरुले घुस लिएका थिए।

प्रतिक्रिया दिनुहोस्