सूर्या लाइफ इन्सुरेन्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन

जागरण न्युज
काठमाडौं । सूर्या लाइफ इन्सुरेन्सको सेयर लिलामी भर्ने बुधबार (साउन २३ गते) अन्तिम रहेको छ । कम्पनीले साउन १६ गतेदेखि संस्थापक समूहको ३ हजार २८९ कित्ता र सर्वसाधारण समूको ७१ हजार ९५ कित्ता सेयर गरि जम्मा ७४ हजार ३८४ कित्ता लिलामीमा ल्याएको हो ।
लिलामीमा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौं तथा सूर्या लाइफको वीरगञ्ज, नेपालगञ्ज, बुटवल, पोखरा, धनगढी, महेन्द्रनगर र इटहरी शाखाबाट आवेदन दिन सकिनेछ । लिलामीमा न्यूनतम १०० कित्तादेखि संस्थापकतर्फ अधिकतम सबै कित्ता र सर्वसाधारण समूहमा अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन पाइन्छ ।
यसअघि इन्सुरेन्सले वैशाख ३१ गतेदेखि असार ३ गतेसम्म ४० प्रतिशत हकप्रद निष्कासन गरेको थियो । त्यसबेला सबै सेयर बिक्री नभएपछि बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो । सबै कित्ता लिलामी बिक्रीपछि इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्