जाजरकोटमा हजार घर पहिरोको उच्च जोखिममा
काठमाडौं । जाजरकोट सदरमुकाम खलंगा र आसपासका करिब हजार घर पहिरोको उच्च जोखिममा परेका छन् । सदरमुकामका शान्तिचौतारा, ठाँटी, थाप्ले, बाहुनवाडा, पिपलडाँडा, स्याला, रिसाङ , बोहरा, दार, पोखरा, तिमिले, छिपे्रना, भेरे, गंगटियालगायत स्थानका हजार बढी घर पहिरोका जोखिममा रहेकाले सचेतना अपनाउन र सुरक्षित रहन अध्ययन टोलीले सुझाएको छ ।
वन तथा वातावरण मन्त्रालयको निर्देशनमा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृतद्वय महेन्द्रकुमार मण्डल र महेश कुमाइँको टोलीले स्थलगत अध्ययन र स्थानीय सरोकारवालासँगको छलफलका आधारमा उक्त निष्कर्ष निकालेको हो । टोलीले मंगलबार सदरमुकामका पहिरो प्रभावित विभिन्न स्थानको स्थलगत अवलोकन गरेको थियो ।
घरहरू जतिखेर पनि बग्न सक्ने वा माथिबाट पहिरो आउन सक्ने अवस्थामा छन् । ‘ती बस्ती सुरक्षित स्थानमा नसारिए जतिखेर पनि दुर्घटना हुन सक्छ’, शाखा अधिकृत मण्डलले भने, ‘जाजरकोटका करिब हजार घर पहिरोको जोखिमका दृष्टिले अति संवेदनशील अवस्थामा छन् ।
’ पहिरोका प्रकृति कस्तो खालको छ, वर्तमान अवस्था, कुन क्षेत्र बढी प्रभावित छ ? के कारण पहिरो गयो ? दीर्घकालीन समाधानका लागि सुझाव र लागत स्टमेट तयार गर्ने गरी आफूहरू आएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्