एमाले उम्मेदवार महेश बस्नेतको घरमा बम, सेनाको टोलीद्वारा निष्क्रिय

काठमाडौं। दोस्रो चरणको चुनाव आउन अब ३ दिन मात्रै बाकी रहेको छ ।चुनाव नजिकिदै जादा विभिन्न स्थानमा बम विस्फोटका घट्ना बढ्दै जान थालेका छन ।यसैगरि गएराति मात्र भक्तपुरको सूर्यविनायक नगरपालिका गुण्डुस्थित महेश बस्नेतको घरको गेटमा राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलिले निष्क्रय पारेको छ ।
बस्नेत भक्तपुर क्षेत्र नं। २ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेका उम्मेदवार हुन् । बस्नेतको घरको बाहिर मूल गेटमा ठूलो झोलामा शंकास्पद बस्तु राखेर झुण्ड्याएको अवस्थामा भेटिएपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्