महिलाको नाममा पनि दर्ता हुन थाल्यो जग्गा, एक वर्षमा ९२ जनाको नाममा पास

काठमाडौं । पछिल्लो समय महिला पनि सम्पत्तिको हकदार बन्दै गएका छन्। महिलाको नाममा जमिन राख्दा दर्ता गर्दा लाग्ने शुल्कमा छुट दिने सरकारले व्यवस्था गरेसँगै यो क्रम बढ्दै गएको हो।

आर्थिक वर्ष २०७३्७४ मा ७९ महिलाको नाममा जग्गा दर्ता भएकोमा ०७४्७५ मा ९२ जना महिलाको नाममा जग्गा पास भएको जिल्ला मालपोत कार्यालय बैतडीका कम्प्युटर अपरेटर अनिल चन्दले बताए।

यस्तै आर्थिक वर्ष २०७४्७५ मा एक जना दम्पतीले सयुक्त्त रूपमा जग्गाको लालपुर्जा लिएका छन्। महिलाको नाममा जग्गा दर्ता गर्दा राजस्वमा २५ प्रतिशत छुट दिने सरकारी व्यवस्था छ।

यस्तै महिलाको नाममा भएको लालपूर्जालाई एक महिनाभित्रै संयुक्त नाममा १ महिनाभित्रै बनाउन सकिने त्यसका लागि एकसय रुपैयाँ मात्रै खर्च लाग्छ।
महिला र पुरुष दुवैको नाममा सयुक्त्त लालपुर्जा बनाएमा पनि सरकारले राजस्वमा २५ प्रतिशत नै छुटको व्यवस्था गरेको मालपोत कार्यालयले जनाएको छ।

पछिल्लो समयमा केही मात्रामा भए पनि महिलाको सम्पत्तिमा पहुँच पुग्न थालेको छु, शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले भनिन्, सम्पत्तिमा पहुँच पुर्‍याउन नेतृत्व तहमा पुगेका महिलाहरुले पहल गर्नुपर्छ।

पहिलादेखि पुरुषको नाममा जमीन दर्ता गर्ने र उनीहरुलाई नै सम्पतिको हकदार ठान्ने प्रवृतिले महिलाको स्रोत र सम्पत्तिमा न्यून पहुँच रहेको सुर्नया गाउँपालिकाका उपाध्यक्ष लीला बिष्टको भनाइ छ।

अहिले सबै स्थानीय सरकारमा महिलाको पहुँच भएकाले उनीहरूको स्रोत तथा सम्पत्तिमा पहुँच पुर्‍याउन पहल गर्नुपर्छु, उनले भनिन्।

महिलाको नाममा जमिन दर्ता गर्दा लाग्ने शुल्कमा छुट दिने सरकारले व्यवस्था गर्नुका साथै महिला र पुरुषको नाममा संयुक्त पुर्जा बनाए त्यो बेला लाग्ने बेलामा पनि छुट दिने व्यवस्था गरेको भए पनि महिलाको नाममा सम्पत्ति न्युन मात्रामा रहेको दलित महिला संघ बैतडीका अध्यक्ष सरस्वती नेपालीले बताइन्।

महिलालाई हेर्ने हाम्रो समाजको दृष्टिकोणमा परिवर्तन हुन सकेको छैनु, उनले भने, महिलाले आफ्नो हक,अधिकारका लागि आफैँले अग्रसर हुनु आवश्यक छ।

प्रतिक्रिया दिनुहोस्