४५ जिल्लाका सम्पूर्ण शिक्षण संस्थाहरु आजबाट बन्द

काठमाडौं। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणको चुनाव हुन लागेको ४५ जिल्लाका सम्पूर्ण शिक्षण संस्थाहरु आजबाट बन्द भएका छन् । निर्वाचन आयोगको आग्रहमा सरकारले आजबाट मंसिर २१ गतेसम्म विद्यालयहरुमा विदा दिएको हो ।

अधिकांश स्कुल र कलेजहरुमा चुनावको मतदान केन्द्र तोकिएका छन् भने धेरैजसो शिक्षकहरुलाई पनि निर्वाचन आयोगले कर्मचारीको रुपमा परिचालन गरेको छ । त्यसैले आयोगको आग्रहमा विद्यालयमा विदा दिने निर्णय सरकारले यसअघि नै गरेको हो ।

दोस्रो चरणको मतदान हुने दिन मंसिर २१ गते भने ४५ जिल्लाका सबै कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्