नेपाली फुटबल टोली पहिलो अभ्यास खेलमा पराजित
काठमाडौं । एसियाली खेलकुद र साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली युवा फुटबल टिमले पहिलो अभ्यास खेलमा हार बेहोरेको छ ।
२३ वर्षमुनिको नेपाली राष्ट्रिय फुटबल टोलीले हिजो थाइल्यान्डको पुलिस टेरो क्लबसँग १-० को हार बेहोरेको हो ।
खेलको ३९ औं मिनेटमा आदित्य चौधरीले आत्मघाती गोल गरेपछि नेपाल पराजित भयो ।
नेपालले अब १० अगस्टमा थाइल्यान्डको २३ वर्षमुनिको राष्ट्रिय टोलीसँग खेल्नेछ ।
थाइल्याण्डमा प्रशिक्षण र अभ्यास खेलहरु सकाएर नेपाली टोली इन्डोनेसिया प्रस्थान गर्नेछ ।
एसियन गेम्स अगष्ट १८ तारिखदेखि सुरु हुने भए पनि फुटबलका खेलहरु भने अगष्ट १४ देखि नैं हुनेछन् ।
एसियन गेम्सको समूह डी मा रहेको नेपालले समुह चरणमा जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछन् ।
प्रतिक्रिया दिनुहोस्