धादिङमा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं। धादिङको धुनवेशी नगरपालिका ६ चालिसेमा आज बिहानै ट्रिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बैरेनीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ७४०७ नम्बरको ट्रिपर दुर्घटना हुँदा परिचालकको मृत्यु भएको हो ।

बालुवा लोड गरेको ट्रिपर दुर्घटनामा धादिङ्गको गल्छी गाउँपालिका बैरेनिका राजेश विक मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाइते भएका विकको उपचारको क्रममा मृत्यु भएको हो ।

नियन्त्रण गुमाएर ट्रिपर सडकबाट १५ मिटर तल खस्दा चालक सामान्य घाइते भएको ईलाका प्रहरी कार्यालय खानीखोला धादिङले जनाएको छ

प्रतिक्रिया दिनुहोस्