सहमति तत्काल कार्यान्वयन नभए फेरि अनशन बस्ने डा. केसीको चेतावनी
काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले दुई दिनभित्र सरकारसँग भएको सम्झौता कार्यान्वयन नभए फेरि पनि अनशन बस्ने चेतावनी दिएका छन् ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी डा. केसीले सहमति गरेको १३ दिन बितिसक्दा पनि सरकारले मन्त्रिपरिषद बैठकबाट सम्झौता अनुममोदन नगरेको भन्दै तत्काल कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।
डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन कार्यदल बनाउने र जाँचबुझ आयोगले दोषी ठर्याएका पदाधिकारीहरुलाई कारबाही गर्नेलगायतका सम्झौताहरु पनि तत्काल कार्यान्वयन गर्न माग गरे ।
सरकारले आफूसँग गरेको सहमतिअनुरुप नै चिकित्सा शिक्षा विधेयक पारित गर्नेमा आफू विश्वस्त रहेको भन्दै त्यसलाई तोडमोड गरेमा कडारुपमा प्रस्तुत् हुने चेतावनी पनि उनले दिए ।
बारम्बार अनशन बस्नुपर्दा बिरामीको उपचार गर्न नपाएको भन्दै डा. केसी पत्रकार सम्मेलनमा भावुकसमेत भएका थिए ।
प्रतिक्रिया दिनुहोस्