नेपाल एग्रो माइक्रोफाइनान्सको आईपिओ आउँदै

जागरण न्युज
काठमाडौं । नेपाल एग्रो माइक्रोफाइनान्सले साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्गलाई आईपिओ निष्काशनको लागि नियुक्त गरेको छ ।
मंगलबार आईपिओ निष्काशन सम्बन्धी सम्झौतामा बिक्री प्रबन्धक एसबिआई मर्चेन्ट बैंकिङ्गको तर्फबाट प्रमुख कार्यकारी रमेश घिमिरे र माईक्रोफाइनान्सको तर्फबाट प्रमुख कार्यकारी तेजेन्द्र शर्मा लम्सालले हस्ताक्षर गरेका छन् ।
पोखरामा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो माइक्रोफाइनान्सले एक करोड ४४ लाख रुपैयाँ बराबरको एक लाख ४४ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ ।
माइक्रोफाइनान्सको हालको जारी पूँजी ४ करोड ८० लाख रुपैयाँ छ । उक्त पूँजीको ३० प्रतिशत शेयर सर्वसाधरणलाई बिक्री गर्न लागेको हो । आइपिओपछि कम्पनीमा संस्थापकको ७० प्रतिशत तथा साधारण शेयरधनीको ३० प्रतिशत स्वामित्व कायम हुनेछ ।
दश जिल्ला कार्यक्षेत्र रहेको नेपाल एग्रो माइक्रोफाइनान्सले २०७३ असोजदेखि सञ्चालनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्