वोमी माइक्रोफाइनान्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन

जागरण न्युज
काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको ११ हजार ५४५ कित्ता सेयर लिलामी भर्ने मंगलबार अन्तिम दिन हो । वित्तीय संस्थाले संस्थापक समूह तर्फको ३ हजार ८८२.८० कित्ता र सर्वसाधारण समूह तर्फको ७ हजार ६६२.२० कित्ता सेयर साउन १५ गतेदेखि लिलामीमा ल्याएको हो ।
वित्तीय संस्थाको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल तथा सिद्धार्थ बैंकका विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, पोखरा, बुटवल र धनगढी शाखाबाट आवेदन गर्न सकिने छ । यसैगरी, वोमीको चितवनको भरतपुरमा रहेको कार्यालयबाट पनि बोलपत्र पेश गर्न सकिन्छ ।
वोमीले जेठ १६ गतेदेखि असार १९ गतेसम्म ३० प्रतिशत हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामीमा ल्याउन हो । हाल यसको चुक्ता पुँजी ७ करोड ७७ लाख ६० हजार रुपैयाँ छ । ३० प्रतिशत हकप्रदमा निष्कासनपछि चुक्ता पुँजी १० करोड १० लाख ७८ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्