प्रोग्रेसिभ फाइनान्सको २८१ प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

जागरण न्युज
काठमाडौं । प्रोग्रेसिभ फाइनान्सको २८१ प्रतिशत हकप्रद सुरक्षित गर्ने आज (साउन २२ गते) अन्तिम रहेको छ । हकप्रद बिक्री खुला गर्न फाइनान्सले बुधबार (साउन २३ गते) बुक क्लोज गर्दैछ । फाइनान्सले भदौ ५ गतेदेखि १ः२.८१ को अनुपातमा ५९ लाख १ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गर्दैछ ।
हकप्रदमा बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी काठमाडौं तथा सनराइज बैंकको विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल, धरान, नारायणगढ, नेपालगञ्ज, दमक, राजविराज र लहान शाखाबाट आवेदन दिन सकिन्छ । हकप्रद भर्ने अन्तिम म्याद असोज ८ गत रहेको छ ।
साथै फाइनान्सको केन्द्रीय कार्यालय न्यूरोड, काठमाडौं र बनेपा शाखाबाट पनि हकप्रदमा आवेदन दिन सकिन्छ । यसैगरी, आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिने छ ।
हाल कम्पनीको चुक्ता पूँजी २१ करोड रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी ८० करोड १ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्