सिटिजन्स बैंकको प्रवक्तामा उमंग शर्मा नियुक्त
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको प्रवक्तामा उमंग शर्मा नियुक्त भएकी छिन् ।
१७ वर्ष अघि नविल बैंकबाट करियर थालेकी शर्मा बैंकिङ क्षेत्रमा अनुभवी बैंकरको रुपमा परिचित छिन् । शर्मा सिटिजन्सको स्थापनाकालदेखि निरन्तर कार्यरत छिन् ।
उनले कर्जा विभाग अन्तर्गत उपभोक्ता बैकिंग यूनिट, संस्थागत कर्जा, एसएमई जस्ता क्षेत्रमा काम गरेकी छिन् । उनी अहिले सामान्य सेवा विभाग, मानव संसाधन विभाग र कर्पोरेट कम्युनिकेशन विभागमा छिन् । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीराजन सिंह भण्डारीले बैंकिङ क्षेत्रमा अनुभवी शर्माले बैंकलाई नयाँ उचाइँमा लैजाने विश्वास व्यक्त गरेको कुरा
बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकले ७८ वटा शाखा, ७० वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईबाट करिब तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गरिरहेको छ ।
ं















प्रतिक्रिया दिनुहोस्