अझै तीन दिन देशभर बदली, मध्य र पूर्वमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन देशभर बदली हुनसक्ने अनुमान गरेको छ । मध्य तथा पूर्वमा भने भारी वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार, मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली हुने योग छ । देशका थोरै स्थानमा भने आज भारी वर्षा हुनसक्छ । रातको समयमा मध्य र पूर्वका केही स्थानमा भारी वर्षा हुने अनुमान महाशाखाकाे छ ।
त्यस्तै साउन २३ गते दिउँसो हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । महाशाखाका अनुसार, मंगलबार जस्तै बुधबार राति पनि पूर्व तथा मध्य नेपालका एक–दुई स्थानमा भारी वर्षा हुनसक्छ ।
२४ गते देशभर बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना महाशाखाले औंल्याएको छ ।
प्रतिक्रिया दिनुहोस्