जाजरकोट पहिरो : राहत समाग्री लिएर प्रदेश सरकारको टोली जाजरकोट प्रस्थान
काठमाडौँ । कर्णाली प्रदेश सरकारले जाजरकोटका पहिरो पीडितलाई राहत वितरणका लागि प्रदेश सरकारको टोली जाजरकोट गएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको नेतृत्वमा राहत समाग्री सहित जाजरकोट गएको हो । मन्त्री भण्डारीको नेतृत्वमा जाजरकोटका प्रदेश सांसद, गणेशप्रसाद सिंह, कृष्णा शाह, कौशिलावती खत्री पनि जानुभएको छ ।
प्रदेश सरकारले मृतकका परिवारलाई तत्काल २५ हजार र खाद्यनन् समाग्री वितण गर्ने जनाएको छ । हिजो जाजरकोटको भेरी नगरपालिका–३, ठाँटी बजारमा गएको पहिरोमा ८ जनाको ज्यान गएको थियो ।
प्रतिक्रिया दिनुहोस्