१६ करोडको बहुमूल्य रुबीसहित काठमाडौंबाट १ जना पक्राउ

काठमाडौं । बहुमूल्य पत्थर माणिक  (रुबी)  सहित काठमाडौंबाट १ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी बृत्त दरवारमार्गको टोलीले काठमाडौंको लैनचौरबाट खरिदबिक्री भइरहेको अवस्थामा २ किलो १० ग्राम रुबीसहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ललितपुरको थसिखेल बस्ने दीपक सिजापति छन् । चिनियाँ नागरिकलाई रुबी बिक्री गर्न लैजाने क्रममा सिजापति पक्राउ परेका हुन् ।

सिजापति र रुबी खरिद गर्ने चिनियाँ पक्षले सबै परीक्षण गरेर १६ करोडमा कारोबार गर्ने तय भएको थियो ।

धेरै पहिले अफ्रिकाबाट आयात गरिएको रुबी बिक्री गर्ने बेलामा आइतवार दिउँसो बरामद गरिएको महानगरीय प्रहरी वृत्त दरवारमार्गका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर मल्लले लोकान्तरलाई बताए ।

प्रहरीले आइतवार अहिलेसम्मकै ठूलो परिमाणमा रुबी बरामद भएको बताएको छ ।

यसअघि २४ असार ९आइतवार० पनि काठमाडौंको ज्याठाबाट २२ लाख मूल्य बराबरको ११० क्यारेटको रुबीसहित ९ जनालाई पक्रउ गरेको थियो । यस्तै गत वैशाख १६ गते समेत प्रहरीले ४६२ ग्राम रुबीसहित १ जना व्यक्ति काठमाडौंबाट पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्