नयाँ शक्ति जुम्लाका संयोजक राधाकृष्ण बुढथापा खोलामा मृत भेटिए

काठमाडौं ।  नयाँ शक्ति पार्टीका जिल्ला संयोजक राधाकृष्ण बुढथापा मृत अवस्थामा भेटिएका छन् ।

गएराति चन्दननाथ नगरपालिका–५ जुगाडखोला नजिकै उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । सोही नगरपालिका–२ निवासी ४३ वर्षीय बुढथापाको शव अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको इमर्जेन्सी कक्षमा राखिएको छ

मुचुल्कापछि शवलाई पोष्टमार्टम गरिने प्रहरीले बताएको छ । घटनाबारे विस्तुत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रहरीले सनलाइट होटलका साहु खड्गजित रोकाया, एङ्गल लामालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्