दाजुभाइबीचको विवादमा छुरा प्रहार हुँदा बाबुको ज्यान गयो

काठमाडौं । दाजुभाइबीचको विवादमा छुरा प्रहार हुँदा बुवाको ज्यान गएको छ । एकजना गम्भीर घाइते भएका छन् । जनकपुर उपमहानगरपालिका १९ बेंगाशिवपुरका ५० वर्षका रामवृक्ष यादवको छुरा प्रहारबाट ज्यान गएको हो ।

त्यस्तै छुरा प्रहारबाट उनका छोरा २८ वर्षका रामसोगारथ यादव गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते रामसोगारथलाई उपचारको लागि काठमाडौं रेफर गरिएको छ । आइतबार राति रामवृक्ष यादवका दाजुभाइबीचको विवादमा छुरा प्रहार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार दाजुभाइमध्ये एकले छुरा चलाएको भए पनि कसले हान्यो भन्ने खुलेको छैन । घटनाको अनुसन्धान भैरहेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्