माछापुच्छ्रे बैंक लिमिटेडद्वारा एम्बुलेन्स हस्तान्तरण

काठमाडौं, २० श्रावण । माछापुच्छ्रे बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व एवं भोजपुर कोट सेवा समाज र कोट वासीहरुको सक्रियतामा खरिद गरिएको एम्बुलेन्सलाई माछापुच्छ्रे बैंक र भोजपुर कोट सेवा समाजले संयुक्त कार्यक्रम आयोजना गरी  हस्तान्तरण गरियो ।

आज एक कार्यक्रमकाबीच बैंकका तर्फबाट सञ्चालकद्वय जय मुकुन्द खनाल र राम मान श्रेष्ठले भोजपुर कोट सेवा समाजका अध्यक्ष राज बहादुर राई र टेम्केमैयुङ गाउँँपालिका वडा नं. ७ का वडाध्यक्ष उद्धव कुमार राईलाई एम्बुलेन्सको चाँबी हस्तान्तरण गरिएको हो ।
उक्त कार्यक्रमा एम्बुलेन्स खरिद गर्न आर्थिक सहायता गर्ने स्थानीयहरुलाई समेत कदरपत्र तथा खादाद्वारा सम्मान गरिएको थियो ।

बैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०९ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्