एसियाड फुटबलमा नेपालको पहिलो खेल जापानसँग हुने
काठमाडौं । आसन्न जाकार्ता र पालेङवाङ एसियाडको पुरुष फुटबलतर्फ नेपाली युवा टिमले पहिलो खेलमै जापानको सामना गर्ने भएको छ । एसियाली फुटबल महासंघले आइतबार निकाले ‘ड्र’ अनुसार नेपालले नेपाल समूह ‘डी’ मा रहेको छ ।
पहिलो खेलमै एसियाली पावरहाउस जापानसँग प्रतिस्पर्धा गर्ने भएको हो । नेपाली युवा टोली र जापानी युवा टोलीबीचको खेल १४ अगस्टमा हुनेछ । खेल नेपाली समयअनुसार २ः४५ बजेपछि हुनेछ ।
दोस्रो खेलमा नेपालले अगस्ट १६ मा भियतनाम तथा समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग १९ अगस्टमा खेल्नेछ । एसियाड र साफ च्याम्पियनसिपको लागि नेपाली युवा टोली शुक्रबार वैदेशिक प्रशिक्षणका लागि थाइल्यान्ड प्रस्थान गरेको छ ।
नेपालले शनिबारबाटै थाइल्यान्डमा प्रशिक्षण शुरु गरिसकेको छ । १० दिनको प्रशिक्षणका क्रममा नेपालले दुई मैत्रीपूर्ण खेल पनि खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्