सिटी एक्सप्रेसको १६७ प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
जगरण न्युज
काठमाडौं । सिटी एक्सप्रेस फाइनान्स कम्पनीको १६७ प्रतिशत हकप्रद सुरक्षित गर्ने आज (साउन २० गते) अन्तिम दिन रहेको छ । हकप्रद बिक्री खुला गर्न कम्पनील साउन २१ गते बुक क्लोज गर्दैछ । आइतबारसम्म मात्र कायम सेयरधनीहरुले यो हकप्रदमा आवेदन दिन सक्नेछन । कम्पनीले भदौ १ गतेदेखि १ः१.६७ को अनुपातमा २५ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गर्दैछ । यसमा असोज ४ गतेसम्म आवेदन दिन पाइनेछ ।
कम्पनीको बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट, कमलादी र सिटी एक्सप्रेसको केन्द्रीय कार्यालय दरबारमार्ग तथा यसका गाईघाट उदयपुर र बिर्तामोड झापाबाट आवेदन दिन पाइन्छ । यसैगरी, सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ ।
हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्