आममाफीको दुई दिनमा युएईबाट २४ नेपाली फर्किए

काठमाडौं । आममाफीको दुई दिनमा युएईबाट २४ नेपाली फर्किए घर फर्किएका छन् । विभिन्न कारणले युएईमा गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाको आममाफीको प्रक्रिया सुरु भएको दुई दिनमा २४ जना नेपाली घर फर्किएका हुन्।

बुधबारदेखि सुरु भएको आममाफी अन्तर्गत दुई दिनमा २४ जना नेपालीले प्रक्रिया पुरा गरेर नेपाल फर्किएको युएईको अध्यागमनले जनाएको छ । घर फर्किनेमा ५ जना महिला छन् ।

ती मध्ये ९ जनाले नेपाली दूतावासमार्फत यात्रा अनुमतिपत्र लिएर नेपाल फर्किएका हुन ।

साथमा पासपोर्ट नहुनेहरु दूतावासमा आएर यात्रा अनुमतिपत्र बनाउनु पर्छ भने राहदानी हुनेहरु युएईले दिएको आउटपास लिएर नेपाल फर्किन सक्छन् ।

अवैधानिक रुपमा बसिरहेका नेपालीहरु युएईले दिएको आममाफीको अवसरलाई प्रयोग गर्दै धेरैजसो भिसा लगाएर बैधानिक बन्ने प्रयासमा देखिन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्