लगातार परेको अबिरल बर्षाका कारण भक्तपुर फेरि डुबानमा
काठमाडौं । गएरातिदेखि परेको अबिरल बर्षाका कारण भक्तपुर डुबानमा परेको छ ।
मध्यपुर थिमि नगरपालिका ९ को राधेराधे क्षेत्र डुबानमा परेको हो । गए रातिदेखिको वर्षाले हनुमन्ते र खस्याङ खुसुङ खोलामा पानीको बहाव बढेपछि राधेराधे क्षेत्र डुबानमा परेको हो ।
बाढीका कारण केही घर टहरामा आंशिक क्षति पुगेको भक्तपुर प्रहरीले रातोपाटीलाई जानकारी दिएको छ ।
अविरल वर्षाले खोलामा पानीको बहाव बढ्न थालेपछि सुरक्षाकर्मी परिचालन भइसकेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।
बाढीले हनुमानघाटस्थित परोपकार केन्द्र, आदर्शस्थित सिद्धि स्मृति बाल अस्पताल, राममन्दिर, शान्ति निकेतन मावि, सल्लाघारीस्थित डा. इवामुरा अस्पताललगायत क्षेत्र डुबानमा परेको छ ।
त्यस्तै सडकमा पानी जमेको छ । जसले गर्दा यात्रु तथा सावारी चालकलाई समस्या परेको छ ।
यसअघि गत असार २८ गते पनि भक्तपुर डुबानमा परेको थियो ।
प्रतिक्रिया दिनुहोस्