चुनावपछि पनि आफू प्रधानमन्त्री हुने,देउवा

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि पनि आफू प्रधानमन्त्री हुने बताएका छन। ।कांग्रेसले बहुमत ल्याउने भन्दै प्रधानमन्त्री देउवाले त्यसपछि पनि आफै प्रधानमन्त्रीबन्ने दावी गरेका छन ।रिपोर्टर्स क्लब नेपालले आज कैलालीमा आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै उनले कांग्रेसको बहुमत आउने दाबि गरे ।उनले कांग्रेसको नेतृत्वमा सरकार बन्ने र सरकारको नेतृत्व आफै गर्ने पनि बताउनु भयो ।निर्वाचन सम्पन्न भएपछि मुलुक संविधान कार्यान्वयनको चरण पूरा गरी आर्थिक समृद्धिको यात्रामा अघि बढ्ने उहाले उल्लेख गरे ।देउवाले २१ गतेको चुनाव सम्पन्न भएपछि गणतन्त्री कार्यान्वयन हुने समेत दाबि गरे ।

प्रतिक्रिया दिनुहोस्