विपी कोइरालाको असली चेला आफूहरु रहेको ,ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांगे्रसका नेता विपी कोइरालाको असली चेला आफूहरु रहेको बताएका छन ।
वाम गठबन्धनद्वारा विराटनगरको पुष्पलालचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कांग्रेसको माथिल्लो ओहोदामा विपीका असली चेला नभएर अलोकतान्त्रिक चरित्र भएकाको हालीमुहाली रहेको उहाँले आरोप लगाए ।
अध्यक्ष ओलीले नेपालको आन्तरिक मामिलामा हात हालेर बिथोल्न खोज्नेका दिन अब सकिएको बताए । ओलीले अब बन्ने सरकार दुई तिहाई मतसहितको हुने भएका कारण फेरि हात हाल्न खोजे त्यसले क्षति व्यहोर्ने उनकोे दाबी छ ।
माओवादी र एमाले मिलेपछि देशमा भ्रष्टाचारको अन्त्य, कृषिको आधुनिकिकरण, सरकारी, निजी तथा सहकारीको आधारमा विकास निर्माण गर्ने, उद्योगको स्थापना गर्ने र राष्ट्रियताको प्रवर्द्धन गर्ने उनकोे भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्