एकदिवसीय क्रिकेटमा नेपालको ऐतिहासिक जित

काठमाडौँ । नेपालले एकदिवसीय क्रिकेटमा नेदरल्याण्डलाई हराउँदै पहिलो जीत हासिल गरेको  छ ।

दोस्रो अन्तरराष्ट्रिय एकदिवसीय क्रिकेटमा नेदरल्याण्ड्सलाई उसकै घरेलु मैदानमा एक रनले पराजित गर्दै नेपालले सनसनीपूर्ण जीत हासिल गरेको हो ।

नेपालले जीतका लागी दिएको २ सय १७ रनको चुनौती पछ्याएको नेदरल्याण्ड्स अन्तिम बलमा २ रन बनाउन बाँकी हुँदा अलआउट भएको थियोे ।

नेपाललाई पहिलो जित दिलाउन कप्तान पारस खड्का र सोमपाल कामीको योगदान महत्वपूर्ण रह्यो ।

नेपालका संदिप लामिछानेले ३, ललीत भण्डारीले २, सोमपाल कामी, पारस खड्का, वसन्त रेग्मी र दिपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिएका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ दशमलव ५ ओभरमा अलआउट हुँदै २ सय १६ रनको सम्मान जनक स्कोर बनाएको थियो ।

नेपालको स्कोरलाई सम्मानजनक स्थितीमा पु¥याउन कप्तान पारस खड्काले ५१ र सोमपाल कामीले ६१ रनको योगदान गरेका छन् ।

आक्रामक ब्याटिङ गरेका सोमपालले ४६ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै नेपालको स्कोर २ सय माथि पु¥याएका थिए ।

यस्तै पारस खड्काले ६९ बलमा २ छक्का र ६ चौकाको मद्दतमा अर्धशतक पुरा गरे ।

नेपालका ओपनरहरु ज्ञानेन्द्र मल्ल १३ र सुवाश खकुरेलले १९ रन बनाएर पवेलीयन फर्किएपछी कप्तान खड्काले खेल लयमा फर्काएका थिए ।

अरु ब्याट्सम्यानहरु दिपेन्द्रसिंह ऐरीले १९, आरिफ शेषले १६,संदिप लामिछानेले ८,रोहितकूमार पौडेलले ६, अनिलकूमार शाहले ४ रन र वसन्त रेग्मीले १ रन बनाए भने ललीत भण्डारी चार रनमा नटआउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्