साधनाको बजेट समिक्षा तथा अभिमुखीकरण तालिम सम्पन्न

काठमाडौं, १८ श्रावण । गोरखा जिल्लामा केन्द्रीय कार्यालय रहेको साधना लघुबित्त बित्तीय संस्था लिमिटेडले बजेट समिक्षा तथा अभिमुखीकरण तालिम होटल ब्याम्बो प्यालेसमा सम्पन्न गरेको छ ।

संस्थाले सेवा प्रबेश गर्ने नबनियुक्त कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ सिकाइस्तर, आधारभुत ज्ञान, बित्तिय अनुशासन कायमगर्न साथै गत आ.ब २०७४/०७५ को बार्षिक लक्ष्य तथा प्रगतीको अवस्था एवं आ.ब २०७५/०७६ को बार्षिक लक्ष्य, बजेट कार्यन्वयन र लक्ष्य प्राप्तीमा चाल्नुपर्ने कदमहरुको बारेका स्पष्ट पार्न समिक्षा तथा अभिमुखीकरण तालिम आयोजना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले जानकारी दिनुभयो ।

तलिममा बित्तीय संस्थाकी मानब संसाधन तथा प्रशासन बिभाग प्रमुख सरिता ढकालले बित्तीय संस्थाको नीति, नियम, सेवा सुबिधा, प्रशासनिक ब्यबस्थापनको बारेमा जानकारी दिदै कर्मचारीहरुलाई उच्च मनोबल राखी कार्य सम्पादन गर्न निर्देशन दिदै कार्य सफलताको शुभकामना ब्यक्त गर्नुभयो । त्यस्तै बिभागिय प्रमुखहरु रुपेश कुमार झा, रामप्रसाद लामिछाने तथा किरण श्रेष्ठले लेखा ब्यबस्थापन, सफ्टवेयर, पि.जि.टी निर्देशिका, मास मोटिभेसन, बचत तथा कर्जा नीति, कर्जा बिश्लेषण तथा कर्जा सदुपयोगिताको बारेमा सहभागिहरुलाई सहजीकरण गरेका थिए ।
तालिमको समापन गर्दे बित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले ग्रामिण क्षेत्रमा बित्तिय साक्षरता, बित्तिय चेतना, बैकिङ्ग पहुच बृद्धि तथा बिस्तारमा लघुबित्तले महत्बपूर्ण भूमिका निर्वाह गरेको बताउँदै संस्थालाई थप बलियो बनाउन ग्रामिण क्षेत्रमा थप शाखा बिस्तार गरी गुणस्तरीय सेबा प्रबाह गर्न संस्था प्रतिबद्ध रहेको बताउनु भयो ।

२०७४ कात्तिक २२ गतेबाट बित्तीय कारोबार शुरु गरेको यस वित्तीय संस्थाले आ.व.२०७४/०७५ माआफूलाई अब्बल साबित गर्दै हाल सम्म २० बटा शाखा कार्यालयहरुबाट ग्रामिण तथा बिपन्न बर्गका करिब ११,००० सदस्यहरुलाई बित्तीय सेबा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्