विराटनगरका ११ खानेपानी उद्योगमा कोलिफर्मको जीवाणु भेटियो

काठमाडौँ। विराटनगरको ११ पानी उद्योगमा कोलिफर्म भेटिएपछि कारबाही प्रक्रिया अघि बढाइएको छ । सामाजिक विकास मन्त्रालयको नेतृत्वमा साउन पहिलो साता विराटनगरमा सञ्चालित २० वटा उद्योगहरुमा गरिएको अनुगमनबाट कोलिफर्म रहेको पुष्टि भएको हो ।

अनुगमनपछि नमूना परिक्षण गरिएका मध्ये ११ वटा उद्योगः गंगाजल, गोमारानी, शुभजल, पूजा फुड एन वेभरेज, तिरुपती, माउण्टेन, हाइमल, श्री जल, सितल, जोनसन र दिव्य श्री पानीले उत्पादन गरेको खानेपानीमा दिसामा पाइने कोलिर्फमको जीवाणु रहेको पुष्टि भएको हो ।

कोलिर्फमको जीवाणु भेटिएका उद्योगलाई प्रदेश सरकारले कारबाहीको प्रक्रिया अघि बढाएको छ । ती उद्योगविरुद्ध मुद्दा दर्ता गरिसकिएको जनाइएको मन्त्रालयले जनाएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले ११ वटै उद्योगको उत्पादन आज बाटै बन्द गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलाई निर्देशन दिएको बताए ।

सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा २० वटा पानी उद्योगमा अनुगमन गरी पानीको नमूना संकलन गरेको थियो । विराटनगर क्षेत्रमा ४० बढी पानी उद्योग रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्