आउने भयो सूर्या लाइफ इन्स्योरेन्सको ७० प्रतिशत हकप्रद शेयर
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको असार ३२ गते बसेको साधारणसभाले १० बराबर ७ अनुपातमा हकप्रद सेयर निस्काशन गर्ने भएको हो । कम्पनीले ४० प्रतिशत हकप्रद र १२ प्रतिशत बोनस सेयरपछि पुनः ७० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
हकप्रदपछि कम्पनीको चुत्तापुँजी १ अर्ब ९२ करोड ४२ लाख ३० हजार रुपैयाँ पुग्ने छ । सभाले अघिल्लो आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई चुक्तापूँजीको १२ प्रतिशत १२ करोड १२ लाख रुपैयाँ बोनस सेयर दिने प्रस्ताव समेत पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्