फुटवल टोलीका मुख्य प्रशिक्षक ग्योतुकी कोजी निष्काशित

कठमाडौं, १८ श्रावण । नेपाली राष्ट्रिय फुटवल टोलीका मुख्य प्रशिक्षक ग्योतुकी कोजीलाई ओभर स्टे को आरोप लगाउदै उनलाई गृह मन्त्रालयले एक बर्षको लागि नेपाल प्रवेश गर्न प्रतिबन्ध लगाई निष्काशन गरेको छ ।

गृह मन्त्रालय अन्र्गतको अध्यागमन विभागले जापानी नागरिक कोजीको भीको म्याद गुज्रिसकेपछि पनि नेपाल बसेको पाएपछि बुधबार उनलाई सन् २०१८ भरी नेपाल प्रवेशमा प्रतिबन्ध लगाई जापान फिर्ता पठाउने निर्णय गरेको हो ।
सन् २०१६ को मार्चदेखि नेपाली राष्ट्रिय फुटबल टोली प्रशिक्षकको जिम्मेवारी सम्हालेका कोजीको भीसा ब्यवस्थानको लागि एन्फाले समयमै चासो नदिँदा यो अवस्था आएको छ ।

कोजी श्रम स्वीकृती बिनै फुटबल टोलीको प्रशिक्षकका रुपमा काम गरिरहेका थिए । एन्फाले कोजीको भीसा व्यवस्थापन गर्न नसक्नुमा गम्भीर कमजोरी देखिएको छ । कोजीले २०१८ का लागि गत जनवरी १७ मा पर्यटक भीसा लिएका थिए ।
विदेशी नागरिकको हकमा एक पटका भीसा लागेपछि १ सय ५० दिन पर्यटक भीसामा नेपाल बस्न पाउँने ब्यवस्था छ । कोजी दुई वर्षअघि पर्यटक भीसामा नेपाल आएका थिए । अध्यागमन ऐनको बर्खिलाप कोजी ९ दिन ‘ओभर स्टे’ बसेको स्रोतले जनाएको छ ।

फुटवल खेल नेपालको लागि सधैं बिवादको बिषय बन्दैं आएको छ । कहिले भ्रष्टाचार त कहिले खेलाडिहरु म्याच फिक्सिङ्गका कारण बिवादित बन्ने गरेको छ ।

यस्तै आज अहिले फुटवलका मुख्य प्रशिक्षकको भिसालाई लिएर विवादले चर्चा पाएको छ । विश्व फुटवलमा नेपाल भन्दा पछाडि रहेका मुलुकहरुले फड्को मार्दै गर्दा नेपालमा भने फुटवल खेलाडी र आम खेलप्रेमी भने निराश हुने अवस्था आएको छ । यो अवस्था आउनु देशको लागी दुर्भाग्य हो ।

प्रतिक्रिया दिनुहोस्