युवा तथा खेलकुद मन्त्रीद्वारा नेपाली राष्ट्रिय फुटबल टिमलाई विदाइ

काठमाडौं । थाइल्यान्डमा १० दिने प्रशिक्षण हुँदै एसियन गेममा र बङ्गलादेशमा हुने १८अौं साग खेलमा भाग लिन जान लागेका नेपाली राष्ट्रिय फुटबल टिमलाई युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा विदाइ गरेका छन् ।


शुक्रबार बिहान एन्फा कम्प्लेक्स सातदोबाटोमा थाइल्यान्डमा १० दिने प्रशिक्षण हुँदै एसियन गेममा र बङ्गलादेशमा हुने साग गेममा भाग लिन जान लागेका फुटबल टिमलाई मन्त्री विश्वकर्मा विदाई गरेका हुन् ।


विदाई कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले टिमलाई सफलताको शुभकामना दिँदै खेलकुदले नै देशको शिर उच्च राख्ने भएकाले सम्यमतापूर्वक खेल खेल्न खेलाडीहरुलाई आग्रह गरे । उनले राष्ट्रिय टिमका खेलाडीहरुलाई माल्यारोपण गर्दै राष्ट्रिय झण्डा हस्तान्तरण समेत गरे ।
त्यस्तै कार्यक्रममा एन्फा अध्यक्ष कर्म छिरिङ शेर्पाले विदाई गर्दै सफलताका शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्