आरएसडीसी लघुवित्तको हकप्रद भर्ने आइतबार अन्तिम दिन

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको हकप्रद भर्ने आइतबार अन्तिम दिन रहेको छ । लघुवित्तले गत असार १७ गते देखि ६० प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याएको हो । यसमा जेठ २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन । लघुवित्तले कुल २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद सेयर खुला गरेको छ ।
हकप्रद बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको लाजिम्पाट, लगनखेल र लालदरबार काठमाडौं तथा पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरमा रहेका कार्यालयबाट हकप्रद भर्न सक्नेछन । लघुवित्तको बुटवल कालिकानगर कार्यालयबाट समेत हकप्रद भर्न सकिनेछ । यसैगरी, आस्वा प्रणालीमा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन पाइन्छ ।
हाल लघुवित्तको चुक्ता पुँजी ३५ करोड ९९ लाख ५० हजार रुपैयाँ रहेको छ भने हकप्रदपछि चुक्ता पुँजी ५७ करोड ५९ लाख २० हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्