गुहेश्वरी मर्चेन्टको ४० प्रतिशत हकप्रद १८ गतेबाट बन्द हुँदै

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्सले यही कात्तिक १२ गतेदेखि विक्री खुला गरेको हकप्रद मंसिर १८ गते देखि बन्द हुँदैछ । असोज २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले हकप्रदमा आवेदन दिन सक्नेछन् ।

एनआईबिएल क्यापिटलका साथमा गुहेश्वरी मर्चेन्टका सम्पूर्ण शाखा कार्यालय र नेपाल इन्भेष्टमेन्ट बैंकका चिप्लेढुङ्गा पोखरा, विराटनगर, नारायणगढ, नेपालगञ्ज र धनगढी शाखा कार्यालयबाट शेयरधनीहरुले हकप्रदमा आवेदन गर्न सक्ने क्यापिटलले जनाएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले ४० प्रतितशत अर्थात १०ः४ अनुपातमा १९ करोड ७३ लाख ९२ हजार ८७७ रुपैयाँको एक सय रुपैयाँ अंकित मूल्यको १९ लाख ७३ हजार ९२८ कित्ता हकप्रद विक्री गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ४९ करोड ३४ लाख रहेको छ । हकप्रदपछि चुक्तापूँजी ६९ करोड ८ लाख पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्