कैलालीमा भ्यानको ठक्करबाट साइकलयात्रीको मृत्यु, ७ जना घाइते

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्किचुहा नगरपालिका–८, गोप्चामा भ्यानको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु भएको छ।

नेपालगन्जदेखि धनगढी जाँदै गरेको से१ज ६३५ नम्बरको भ्यानले ठक्कर दिँदा अन्दाजी ५५ वर्षीय साइकल यात्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

साइकल यात्रीले बाटो काट्ने क्रममा भ्यानले ठक्कर दिएको र ठक्कर दिएपछि भ्यान बिजुलीको पोलमा ठोक्किँदा भ्यानमा सवार ७ यात्रु घाइते भएको पनि प्रहरीले जनाएको छ।

कैलाली प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको र मृततको हालसम्म परिचय खेलेको छैन।

प्रतिक्रिया दिनुहोस्