१० वर्षीय बालिकालाई जबरजस्ती करणी गर्ने ५४ वर्षीय व्यक्ति पक्राउ
काठमाडाैं । दश वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय घिमिरे साइला भनिने चक्रबहादुर लिम्बु पक्राउ परेका छन् ।
गोठालो गएकी बालिकालाई लिम्बुले साउन ५ गते नै करणी गरेका थिए । तर घटनाबारे बालिकाले कसैलाई पनि थाहा नदिएपछि साउन ११ गतेसम्म घटना गुपचुप भएको थियो ।
घटनालाई गाउँमै मिलाउन प्रयत्न भैरहेको थाहा पाएपछि स्थानीय अधिकारकर्मीहरुको अगुवाईमा प्रहरीमा जाहेरी दिइएको थियो ।
घटनाबारे थाहा पाएपछि इलाका प्रहरी कार्यालय संक्रान्ति बजारको रोहबरमा बालिकाको स्वास्थ्य परीक्षण गरी साउन १४ गते मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक बासुदेव यादवले बताए ।
प्रतिक्रिया दिनुहोस्