वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा बजार अनुगमन, दर्जनौंलाई कारवाही

काठमाडौं, १६ श्रावण । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उजुरीका आधारमा दैनिक बजार अनुगमन गर्दा विभिन्न कम्पनी तथा संस्थारुले स्वीकृत बिना कम्पनी चलाउनुका साथै नाप तौल पूरा नगरी माप दण्ड विना नै कम्पनी सञ्चालन गरेको पाईएको छ ।

विभागको दैनिक बजार अनुगमन कार्य तालिका र प्राप्त उजुरीका आधारमा बिहिबार खटिएको बजार अनुगमन टोलिले गरेको अनुगमन तथा निरिक्षण अनुसार स्टार हार्डवेयर सेन्टर, सातदोबाटो, ललितपुरमा मूल्यसूची नभएको तथा नापतौल प्रमाणिकरणको कागजात नभएको, सिमेन्टको मूल्यसुची बनाएर राख्न तथा नापतौल प्रमाणीकरणको कागजात राख्न निर्देशन दिएको छ ।

त्यस्तै आर.सि. सप्लायर्स, हात्तिवन, ललितपुरमा मूल्यसुची नभएको, सिमेन्ट तौल्ने मेशिन नभएको तथा व्यवसाय दर्तासँग सम्बन्धित कागजातहरु देखाउन नसकेको, सिमेन्टको मूल्यसुची बनाएर राख्न, सिमेन्ट तौलने मेशिन राख्न तथा व्यवसायसँग सम्बन्धित कागजातहरु र जेष्ठ १५ गते अगाडी र पछाडीको बिक्री विल ३ दिन भित्र यस विभागमा पेश गर्न निर्देशन दिएको छ ।

मिजाल हार्डवेयर, हात्तिवन, ललितपुमा मूल्यसुची नभएको तथा व्यवसाय दर्तासँग सम्बन्धित कागजातहरु देखाउन नसकेको,सिमेन्टको मूल्यसुची बनाएर राख्न तथा व्यवसायसँग सम्बन्धित कागजातहरु र नापतौल प्रमाणिकरणको कागजात ३ दिन भित्र यस विभागमा पेश गर्न निर्देशन दिएको छ ।त्यस्तै स्टार निर्माण सामाग्री, हात्तिवन, ललितपुरले मूल्यसुची नभएको तथा व्यवसाय दर्तासँग सम्बन्धित कागजातहरु देखाउन नसकेको र सिमेन्टको मूल्यसुची बनाएर राख्न, सिमेन्ट तौलने मेशिन राख्न तथा व्यवसायसँग सम्बन्धित कागजातहरु र नापतौल प्रमाणीकरणको कागजात ३ दिन भित्र यस विभागमा पेश गर्न निर्देशन दिएको छ । पन्चकन्या हार्डवेयर, कोटेश्वर, काठमाडौंमा मूल्यसुची नभएको । सिमेन्टको मूल्यसुची बनाएर राख्न निर्देशन दिएको छ ।

त्यसैगरि परिवार स्वास्थ्य सेवा केन्द्र, सामाखुसीले क्लिनिक संचालन सम्बन्धि कुनै पनि कागजातहरु नभएको । क्लिनिक संचालन सम्बन्धि कुनै पनि कागजातहरु नपाइएकोले हाललाई संचालक स्वंयमको जिम्मामा रहने गरी सिलबन्दी गरेको, सिजन्स मेडिकल सेन्टर प्रा.लि., सामाखुसी, काठमाडांैले वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परिक्षण सम्बन्धि सेवा संचालन स्विकृती नलिइ संचालन गरेको । वैदेशिक रोजगारमा जाने कामदारहरुको श्रम तथा रोजगार मन्त्रालयको स्वास्थ्य परिक्षण सम्बन्धि सेवा संचालन स्विकृतीपत्र ३ दिन भित्र यस विभागमा पेश गर्न निर्देशन दिएको छ ।

त्यसैगरि खाद्य किरान पसलहरुमा पि.एन.के. सप्लायर्स, नागार्जुन, काठमाडौ । मूल्यसुची अपडेट नभएको तथा नापतौल प्रमाणीकरण नभएको । मूलयसुची सबैले देख्ने गरी दैनिक अपडेट गर्न तथा नापतौल प्रमाणीकरण गरी ३ दिन भित्र विभागमा पेश गर्न निर्देशन दिएको, वि.के. ट्रेडर्स एण्ड सप्लायर्स, सितापाइला, काठमाडौमा मूल्यसुची र साईनबोर्ड नभएको, खरिद बिक्री विल नभएको तथा व्यवसाय दर्ता नविकरण, नापतौल प्रमाणीकरण र ठेगाना परिवर्तन नभएको हुँदा ३ दिन भित्र मूल्यसुची र साईनबोर्ड बनाएर राख्न तथा व्यवसाय दर्ता नविकरण, नापतौल प्रमाणीकरण र खरिद बिक्री विल सहित २४ घण्टा भित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

जे.एस. खाद्य स्टोर, सितापाइला, काठमाडौमा मूल्यसुची अपडेट नभएको तथा लेबल नभएको र म्याद नाघेको सामानहरु बिक्री स्थलमा राखेकोले एक्सपायर जोन बनाएर राख्न, लेबल नभएको र म्याद नाघेको सामानहरु बिक्री वितरण नगर्न तथा मूल्यसुची दैनिक अपडेट गर्न निर्देशन दिएको साथै म्याद नाघेकोले वनवन विस्कुट ३ प्याकेट, टाइगर विस्कुट १० प्याकेट रियल जुस १ बट्टा गरी जम्मा रु.३६६ बराबरको सामान नष्ट गरको छ ।

न्यू वि.के. स्टोर, सितापाइला, काठमाडौको व्यवसायको पूँजि कम भएको तथा मूल्यसुची अपडेट नभएको, सामानहरुको खरिद बिक्री बिल अपडेट गर्न, मूल्यसुची दैनिक अपडेट गर्न तथा व्यवसायको पूँजि वृद्धि गर्न निर्देशन दिएको छ । साथै म्याद नाघेकोले कोक २.२५ लि. को ९ बोतल गरी जम्मा रु. १,६२० बराबरको सामान नष्ट गर्याे ।मन्जुश्री स्टोर बाफल, काठमाडौं मूल्यसुची अपडेट नभएको तथा व्यवसाय दर्ता नविकरण र नापतौल प्रमाणीकरण नविकरण नभएको, मूल्यसुची दैनिक अपडेट गर्न तथा व्यवसाय दर्ता नविकरण र नापतौल प्रमाणीकरण निवकरण गरी ३ दिन भित्र विभागमा पेश गर्न निर्देशन दिनुका साथै म्याद नाघेकोले वि.एम.सि.मसला ३ प्याकेट,  र फुरुन दाना १ प्याकेट गरी जम्मा रु. २५५ बराबरको सामान नष्ट गर्याे ।न्यू विनिता इ.प्रा., बाफल, काठमाडौंमा मूल्यसुची अपडेट नभएको तथा खाद्य र अखाद्य सामानहरुसँगै भएकोले एक्सपायर जोन बनाएर राख्न, मूल्यसुची दैनिक अपडेट गर्न तथा खाद्य र अखाद्य सामानहरु अलगै राख्न निर्देशन समेत दिएको ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक रुपमा गर्दै आएको बजार अनुगमनका नाममा अनुगमन मात्र भएको छ । उपभोक्ताहरु संधै ठगिको मारमा परेका छन् । विभागका कर्मचारी एवं उपभोक्ता हितबादी संस्थाहरुको मिलेमतोमा कसुरदारलाई कारवाही गर्नुको साटो उन्मूत्ति दिएको पाईन्छ । आम उपभोक्ता सार्थक अनुगमन होस भन्ने चाहन्छन् ।

प्रतिक्रिया दिनुहोस्