प्रधानन्यायाधीशको टुंगो आज पनि लागेन, अर्काे बैठक शुक्रबार

काठमाडौं १६ श्रवण । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई स्वीकृत वा अस्वीकृत गर्न बसेको संसदीय सुनुवाई विशेष समितिको आजको बैठकले पनि निर्णय लिन सकेन ।
बुधबार संसदीय सुनुवाई विशेष समितिको कार्यालय सिंहदरबारमा बसेको बैठक निष्कर्समा पुग्न नसक्दा प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको प्रधानन्यायाधिश नियुक्त अनीर्णीत बनेको हो ।

समितिले १० गते नै सुनुवाई गरेको थियो । त्यसयता दुई बैठक बस्दै नबसी स्थगित भयो भने बुधबारसहित दुई वटा बैठक बसेर पनि जोशीबारे कुनै निर्णय लिन सकेन ।

बुधबार दिउँसो ३ बजे बोलाइएको सुनुवाई समितिको बैठक निकै ढिला गरी सुरु भएको थियो । बैठकमा प्रमुख विपक्षी कांग्रेसले ‘संघीय कानुन बनेको छैन, अनुमोदन नगर्ने हो भने हामी मान्दैनौं’ भनेपछि सहमतिका लागि बैठक स्थगित भएको छ । समितिको अर्को बैठक शुक्रबार बस्नेछ ।
संसदीय समितिको सदस्य निरु पालले भने,‘ पर्सिसम्म सहमति लागि प्रयास गरिन्छ । त्यति गर्दा पनि नभए प्रक्रियाबाट टुंगो लगाउन वाध्यकारी हुनेछौं । त्यसको लागि समितिले सरकार र दलसंग संवाद गर्ने छ ।’
प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीका बारेमा विभिन्न टिकाटिप्पणी उठेको छ । उनले समितिमा पेश गरेको शैक्षिक प्रमाणपत्रमा पनि शंकाष्पद छ । न्यायाधिश हुँदा पनि विवादाष्पद निर्णय गरेको आरोप छ । यसै कारण गर्दा नै समितिले निर्णय गर्न अप्ठ्यारो परेको छ ।

प्रतिक्रिया दिनुहोस्