घोप्टे भिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौं, २३ कार्तिक । चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टे भिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

सडकमाथिबाट खसेको सुक्खा पहिरोका कारण राजमार्ग दुईतर्फी अवरुद्ध बनेको चितवन प्रहरीले जनाएको छ ।

चितवन प्रहरीका अनुसार आज बिहान ५ बजेको समयमा सडकमाथिबाट सुक्खा पहिरो खसेको हो । सडकमा खसेको पहिरो हटाउनका लागि पहल भइरहेको छ ।

यसअघि आइतबार पनि यही ठाउँमा सुक्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्