मेगा बैंकले गरे भीरकोटमा वृक्षारोपण र विद्यार्थीलाई पोशाक वितरण

काठमाडौँ, १६ श्रावण । मेगा बैंक नेपाल लिमिटेडले स्याङ्जाको भीरकोटमा बृक्षारोपण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मेगा बैंकको स्याङ्जा भीरकोट शाखाले भीरकोट नगरपालिकाको वडा नम्बर ३ बानेथाकस्थित कालिका प्राथमिक विद्यालय हातामा बृक्षारोपण गरेको हो ।

भीरकोट नगरपालिकाका मेयर छायाँराम खनाल, उपमेयर सिमा कर्माचार्य, संचारकर्मी, सामाजिक कार्यकर्ता, शिक्षक र विद्यार्थीको सहभागितामा रुद्राक्ष, कपुर, चाँप, पारिजात, अम्रिसो लगायत बिभिन्न जातका ३०० वटा विरुवा रोपिएको थियो ।

बृक्षारोपणले विद्यालयलाई हराभरा र हरियाली बनाउन मद्दत गर्नुकासाथै हरित कम्पाउण्ड बनाउन मद्दत मिल्ने कुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवीन्द्र अधिकारीले विश्वास व्यक्त गरे ।

यसैगरी, मेगा बैंकले एक कार्यक्रमबीच भीरकोट नगरपालिकाकै रिजु दोबाटास्थित महालक्ष्मी प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । उक्त विद्यालयका असहाय र जेहेन्दार २३ जना विद्यार्थीहरुलाई बैंकले स्कूल पोशाक वितरण गरेको हो ।

बैंकले विद्यालयको कामलाई सहज होस् भन्ने उद्देश्यले एउटा स्टील दराज पनि सहयोग गरेको छ । कार्यक्रममा भीरकोट नगरपालिकाका मेयर छायाँराम खनालले मेगा बैंकले ग्रामीण क्षेत्रमा बैंकिङ पहुँच बढाउन खेलेको भूमिकालाई प्रशंसनीय कार्य भएको बताए । यस्तै विद्यालयका प्रधानाध्यापक पनि बैकको सहयोगप्रति आभार प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस्