समितिले जोशीबारे निर्णय आज पनि लिन सकेन, शुक्रबार फेरि बैठक
काठमाडाैं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे अाज साँझ बसेको संसदीय सुनुवाइ समितिले कुनै निर्णय गर्न सकेन । अब अर्को बैठक शुक्रबार बस्ने गरी आजको बैठक सकिएको छ । प्रमाणपत्रमा विवाद भएपछि जोशीको सुनुवाई लगातार चार पटकसम्म सरेको हो ।
समितिले यसअघि १० गते बिहिबार नै सुनुवाई गरेको थियो । तर त्यसयता दुई बैठक बस्दै नबसी स्थगित भयो भने बुधबारसहित दुई वटा बैठक बसेर पनि जोशीबारे कुनै निर्णय लिन सकेन । बुधबार दिउँसो ३ बजे बोलाइएको सुनुवाई समितिको बैठक निकै ढिला गरी सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्